Department
Nepali Department

परिचय
“मायाको भ्रमजाल काट्न महा विद्या ठूलो साधन,
आत्मामा अति शिष्ट पोषण दिने विद्या मीठो भोजन । “
सांसारिक मायाको भ्रमजाल काट्ने अनि आत्मलाई अति शिष्ट पोषण दिने कुरो नै विद्या हो भनेर विद्वानहरूले भनेका छन्.भाषा मानिसको प्राण हो.
दूधमुखे बालकले बोल्ने प्रथम भाषा हो मातृभाषा । मनले बुझ्नलाई अनि मनलाई बुझाउने भाषा हो मातृभाषा । विचार विनिमयको साधन , सम्प्रेषण गर्न सकिने सहज भाषाको गहन अध्ययन गर्न अनि साहित्य भित्रका विभिन्न विधालाई रौंचिरा दर्शन गर्न अन्नेय भाषामा झैँ नेपाली भाषामा पनि पठन-पाठन गरिन्छ । मानक (standard) भाषा बोल्न, लेख्न र सिक्नलाई वैज्ञानिक ढंगले भाषा – साहित्यको अध्ययन गरिन्छ । संसारमा धेरै भाषा छन्, ती भाषाहरु कुन कुन भाषा परिवार अन्तर्गत पर्छन्, तिनीहरूको उत्पत्ति , विकास, प्रकृति, विशेषता अनि तिनका प्रकार्य आदि विषय सम्बन्धित अध्ययन भाषा विज्ञान अन्तर्गत ; भाषाको शुद्ध पठन, लेखन व्याकरण अन्तर्गत अनि साहित्यका कथा, कविता, नाटक, निबन्ध, उपन्यास, आदि विधाका रचना अनि रचनाकारहरुबारेको अध्ययन ; विभिन्न पूर्वीय – पाश्चात्य साहित्यिक सिद्धान्तहरु आदि विषयहरुबारेको अध्ययन र व्याख्या भाषा -साहित्यको अध्ययनका विषय हुन् । नेपाली विभागले ती सबै पक्षहरू भाषा साहित्यको पाठ्यक्रममा आफ्नो शिक्षण अध्यापन मार्फत् सम्प्रेषित गर्दै आएको छ।
नेपाली विभाग: परिचय अनि उपलब्धी–
प्रथमतः मिरिक महाविद्यालयमा भर्ना हुन चाहने विद्यार्थीहरूमा नेपाली विभाग हार्दिक स्वागत जनाउँदछ। स्थापनाकालदेखि नै नेपाली विभागमा नेपाली भाषा-साहित्य विषयका पठन-पाठन हुँदै आइरहेको छ।
गतः दुई दशकमा यस विभागबाट सयौँ विद्यार्थीहरूले नेपाली सम्मानमा डिग्री प्राप्त गरी विभिन्न विश्वविद्यालयहरूबाट स्नातकोत्तर उत्तीर्ण गरी सकेका छन् भने केहीले विद्यावारिधी तहका शिक्षापनि प्राप्त गरिेरहेका छन्। नेपाली सम्मान लिई शिक्षा प्राप्त गरेका केही विद्यार्थीहरूले विभिन्न विद्यालय अनि
महाविद्यालयहरूमा शिक्षण पेशामा संलग्न रही शिक्षा क्षेत्रमा उत्कृष्ट सेवा पुर्याउँदै पनि आइरहेका छन्।
व्यावहारिक रूपमा पनि यस विभागले शिक्षण अनि त्यसको परिणाम उत्कृष्ट रूपमा दर्ता गर्न सफल बनेको छ।
अहिलेसम्म नेपाली सम्मान विषयमा विद्यार्थीहरू पटकपटक विश्वविद्यालय स्तरमा प्रथम दर्जामा प्रथम अनि प्रथम दर्जामा द्वितीय(स्वर्ण अनि रजत पदक धारक) रूपमा उत्तिर्ण भएका छन्। शैक्षणिक क्षेत्रमा विभागले कीर्तिमान स्थापित गरी सफलता प्राप्त गरेको छ भने भावी दिनमा नेपाली भाषा-साहित्यको अध्ययन-अध्यापन गराउँदै यसको प्रचार-प्रसार अनि संरक्षण र श्रीवृद्धिमा पनि नेपाली विभाग प्रतिबद्ध छ।
नेपाली भाषा-साहित्य: अध्ययन र क्षेत्र-
नेपाली भाषा साहित्यमा रूची भएकाहरुलाई राष्ट्रिय-अन्तर्राष्ट्रिय स्तरमा रोजगार साथै आत्मा प्रतिष्ठानका विभिन्न अवसर भाषाले दिईरहेको छ । भाषा-व्याकरणको सही ज्ञानले लेखनमा शुद्धता ल्याउँदछ भने त्यसको सही प्रचार-प्रसार पनि सम्भवभएर जाँदछ।
- पेशागत रूपमा शिक्षण पेशामा मात्र हेर्न हो भने प्राथमिक तहदेखि विश्वविद्यालय सम्म नै नेपाली विषयशिक्षक, प्रोफेसरसम्म बन्ने सुअवसर छ।
- शिक्षण पेशाका अतिरिक्त अन्य बिषय पढेर प्राप्त गर्न सकिने ब्याँक, पोस्ट अफिस, सेना, पुलिस, सिविल-सर्विस, आदि क्षेत्रमा पनि रोजगार प्राप्त गर्न सकिन्छ।
- अहिलेको ग्लोबलाइजेसन युगमा अनुवाद कार्यको ठुलो रोजगार क्षेत्र छ। यस क्षेत्रमा पनि अनुवादकका रूपमा अन्य भाषाबाट नेपाली भाषामा अनि नेपालीबाट अन्य भाषामा अनुवाद गरी राम्रै रकम कमाउन सकिन्छ। संसद, विधान सभा, विविध सरकारी निकाय अनि वैदेशिक कूटनैतिक कार्य सफल तुल्याउनका निम्ति एकजना कुशल दोभाषे (इंटरप्रेटर)का रूपमा पनि रोजगार प्राप्त गर्न सकिन्छ।
- टिभी, रेडियो, एफएम, एंव विभिन्न इलेक्ट्रोनिक प्रिन्ट मिडिया क्षेत्रमा पनि सम्पादक, समाचार वाचक, संवाददाता आदिका रूपमा नेपाली भाषा-साहित्य पढेर रोजगार पाउन सकिन्छ।
- साहित्य सर्जक, लेखक, पर्यटन क्षेत्रका जानकारका रूपमा पनि रोजगारको अवसर देखिन्छ।
- यसका अतिरिक्त अरू पनि थुप्रै रोजगारका क्षेत्रमा भाषा-साहित्यका विद्यार्थीहरूले काम गर्नसक्नेछन् ।